त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत शनिबार नेपाल र नेदल्यान्ड्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
समूह चरणमा नेपालले तीन खेल जित्दा एक खेलमा हार बेहोर्यो। नेपालले मलेसियालाई दुवै खेलमा हराउँदा नेदरल्यान्ड्ससँग एक खेलमा जित र एक खेलमा हार बेहोर्यो।
नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्यो भने एक खेल बराबरीमा सकियो। एक खेलमा भने नेदरल्यान्ड्स पराजित भएको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनलअघि नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई हरायो।
मलेसियामाथि हात पारेको जितले नेपालको आत्मविश्वास बढेको कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्।
साथै राम्रो विकेट भएकाले फाइनलमा ब्याटिङमा मौका गुमाउन नहुने ज्ञानेन्द्रले बताए।
उनले भने, 'विकेट राम्रो भएकले ब्याटिङ राम्रो गर्नु पर्छ। अर्कोतर्फ बलिङमा हामी केन्द्रीत हुन जरुरी छ। त्यसका लागि हामी डट बल र बाउन्ड्री कम खानतर्फ केन्द्रीत हुनु पर्छ।'
लगातार विकेट जाने समास्या समाधान गर्दै अन्तिम तीन ओभरमा राम्रो फिनिसिङ गर्नु पर्ने बताए।
सिरिजको ट्रफी उचाल्दा टिमक आत्मविश्वास बढ्ने उनले बताए।
नेपालले सिरिजको ट्रफी उचाले पहिलो पटक घरेलु मैदानमा टी-२० सिरिज जित्नेछ।
सन् २०१९ मा नेपाल भएको साग गेम्समा पनि टी-२० फर्म्याटमा प्रतिस्पर्धा भएको थियो। त्यसैले सो सिरिज नेपालले घरेलु मैदानमा खेलेको पहिलो टी-२० सिरिज हो। त्यतिबेला साग गेम्सको उपाधि बंगालदेशको यु-२३ टिमले जितेको थियो।
नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।