त्रिकोणात्मक टी-२० सिरिजको उपाधि भिडन्तमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेपालको टिममा एक परिवर्तन भएको छ। स्पिनर सुसन भारीको स्थानमा तीव्र गतिका बलर अभिनास बोहरालाई ल्याइएको छ।
नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, अभिनास बोहरा, कमलसिंह ऐरी, सन्दीप लामिछाने
समूह चरणमा नेपालले तीन खेल जित्दा एक खेलमा हार बेहोर्यो। नेपालले मलेसियालाई दुवै खेलमा हराउँदा नेदरल्यान्ड्ससँग एक खेलमा जित र एक खेलमा हार बेहोर्यो।
नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्यो भने एक खेल बराबरीमा सकियो। एक खेलमा भने नेदरल्यान्ड्स पराजित भएको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनलअघि नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियालाई हरायो। मलेसियामाथि हात पारेको जितले नेपालको आत्मविश्वास बढेको कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्।
नेपालले सिरिजको ट्रफी उचाले पहिलो पटक घरेलु मैदानमा टी-२० सिरिज जित्नेछ।
सन् २०१९ मा नेपाल भएको साग गेम्समा पनि टी-२० फर्म्याटमा प्रतिस्पर्धा भएको थियो। त्यसैले सो सिरिज नेपालले घरेलु मैदानमा खेलेको पहिलो टी-२० सिरिज हो। त्यतिबेला साग गेम्सको उपाधि बंगालदेशको यु-२३ टिमले जितेको थियो।
नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।