त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत फाइनलमा खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालले पहिलो विकेटका रूपमा आशिफ शेखलाई गुमाएको हो।
त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङ ब्याटिङ गरिरहेका उनी १६ रनमा आउट भए। उनले दुई छक्का र एक चौकासहित ८ बलमा १६ रन बनाएका हुन्।
स्पिनर फिलिपे बोइससेवेनको बलमा ठूलो सट खेलेका आसिफ लङअफमा पाउल भान मिकेरेनले उत्कृष्ट क्याच लिएपछि नेपालले पहिलो विकेट गुमाएको थियो ।
शनिबार नेपालले प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ।
नेपालको प्लेइङ-११: कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा र कमलसिंह ऐरी।