काठमाडौंमा जारी त्रिकोणात्मक टी २० आई सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले मध्यम सुरुवात गरेको छ।
त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपालका लागि ३३ रन बनाएर आक्रमक पारी खेलिरहेका कप्तान ज्ञानेन्द्र मल्ल आउट भए।
दशौं ओभरको तेस्रो बलमा मल्ल स्पिनर फिलिपे बोइससेवेनको बलमा क्याच आउट भए।