बंगलादेशको उत्तर बरिधारा क्लबलाई ५-० को फराकिलो अन्तरले हराउँदै थ्री स्टार स्टार क्लब १६ औं आहा-रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ।
पाहुना टोली उत्तर बरिन्धरामाथि फराकिलो जित निकाल्ने क्रममा थ्री स्टारका विश्वास श्रेष्ठले ह्याट्रिक गरे। थप दुई गोल विष्णु गुरूङ र निराजन खड्काले गरे।
सुरुदेखिनै पबरिन्धरामाथि हाबी देखिएको थ्री स्टारले पहिलो गोल ४१ औं मिनेटमा गरेको थियो।
विष्णु गुरुङको गोलमा अग्रता लिएको थ्री स्टारका लागि निराजन खड्काले ४५ औं मिनेटको गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो हाफ सकिनुअघि केही समय अघि विश्वासले गोल गर्दै थ्री स्टारलाई ३-० को अग्रता दिलाए।
दोस्रो हाफको ६६ औं मिनेटमा थ्री स्टारका लागि विश्वासले अर्को गोल गरे । खेलको ७५ औं मिनेटमा थ्री स्टारको पाँचौं गोल गर्दै विश्वासले आफ्नो ह्याट्रिक पुरा गरे।
गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी स्मृती गोल्ड कपको फाइनलमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो।
थ्री स्टारले फाइनलमा यो शनिबार नेपाल पुलिस क्लब र धरान फुटबल क्लबवीचको विजेताको सामना गर्नेछ। पुलिस र धरानवीचको दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । आहा राराको पाँचौ पटक उपाधि नजिक पुगेको थ्रि स्टारले यस अगाडि चार पटक फाइलनमा पुगेर चारै पटक उपाधि जितेको थियो।