माघे संक्रान्ति नजिकिएसँगै कालीमाटी तरकारी बजारमा तरुल, सखरखण्डको व्यापार सुरू भएको छ।
माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ।
संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्। आउँदो शनिबार माघेसंक्रान्ति पर्छ। त्यसैले तरुल, सखरखण्ड किन्नेको चहलपहल सुरू भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्म बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
हेर्नुस् तस्बिरहरू: