सरकारले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि भारत सरकारलाई अनुरोध गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सो परिमाणको गहुँ आयातका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको मन्त्रालयकी सह–प्रवक्ता उर्मीला केसीले जानकारी दिइन्।
परराष्ट्र मन्त्रालयले भारतीय राजदूतावासमार्फत् भारतीय सरकारलाई सो परिमाणको गहुँका लागि अनुरोध गरेको छ।
'यो गहुँ आगामी आर्थिक वर्षका लागि माग गरिएको हो,' मन्त्रालयकी प्रवक्ता सह–प्रवक्ता केसीले भनिन्।
भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले जेठ १ गते सूचना जारी गर्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो।
रूस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा संकटको संकेत देखिएको भन्दै यस्तो प्रतिबन्ध लगाएको हो।
नेपाल सरकारले गहुँको माग गरेपछि पुसमा भारत सरकारले नेपाललाई ५० हजार टन गहुँ आयात गर्न अनुमति दिएको थियो।