सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कविता:
कम्मर कसौं न साथी कम्मर कसौं न
राम्रो सोच लिई अब अघि बढौं न
पहाडको कुनाकाप्चा नेपालभरी छ
शिक्षा लिदैँ जाउँ है साथी गुरू साथमा छ
झर्ना र छाँगाहरूमा आवाज छ कसको?
आवाज मैले सुनिसके आफ्नो आत्माको
चिन्दैनन यहाँ मलाई कसैकसैले
तर चिन्छन् मलाई मेरै आफ्नो गुरूले
कम्मर कस्दै-कस्दै साथी जाउँ अगाडि
देशको माया नपाएर नपर है पछाडि।
(सञ्जिता थारू शुभकामना एकेडेमी बढैयाताल–८, कण्ठपुर बर्दियामा कक्षा ८ मा अध्ययनरत छिन्।)