सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
एउटा गाउँमा क्रितिन र आमा बस्थे । उसले आमालाई धेरै गर्थ्यो। आमालाई घरको काममा धेरै सहयोग गर्थ्यो। आमाले भनेको कुरा सबै मान्थियो। आमाले पनि उसलाई सबैभन्दा धेरै माया गर्थिन्।
एक दिन आमा विरामी भइन्। क्रितिन आफ्नो आमाको लागि औषधी किन्न गयो। तर औषधी पसल टाढा थियो। उसलाई धेरै हिँड्नु पर्थ्यो। आधा घण्टा हिँडेपछि ऊ औषधी पसल पुग्यो। त्यहाँ धरै भिड रहेछ। तर पनि ऊ आत्तिएन। बरू औषधी किन्न पर्खिएर बस्यो। धेरै समयपछि बल्ल उसको पालो आयो। आमाको लागि औषधी किन्न पाउँदा उसलाई धेरै खुसी लाग्यो। ऊ औषधी किनेर घर फर्कियो।
क्रितिन घर नहुँदा आमालाई पीर परेको थियो। तर ऊ घर आएपछि आमा ढुक्क भइन्। उसले आमालाई औषधी खुवायो। उसले आमालाई धेरै हेरचार गर्यो। अनि आमा ठिक भइन्।
(यूदाइ उ राउत सम्पदा स्कुल, सानेपा, ललितपुरमा कक्षा २ मा अध्ययनरत छन्।)