प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद बैठक भदौ २५ गते शुक्रबारसम्म स्थगित भएको छ ।
एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक २ पटक क्रमश १५-१५ मिनेटका लागि लागि स्थगित गरेका थिए।
त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।
सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।
अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् ।
एमाले सांसदले नारावाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न आग्रह पटकपटक गरेका थिए । उनले संविधान नियम र कानुन अनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न आग्रह गरेका थिए ।