नेपाल बार एसोसिएसनको अगुवाईमा भइरहेको आन्दोलनका क्रममा सोमबार प्रहरीले धरपकड गरेको छ।
कानुन व्यवसायीको सदाझै सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनका क्रममा आज प्रहरीसँग धकेलाधकेल भएको छ।
प्रहरीले प्रदर्शनमा सहभागी केहीलाई नियन्त्रणमासमेत लिएको छ । प्रहरीले अघिल्ला दिनमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीलाई जान रोक लगाए पछि धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।
प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले नाराबाजी गरिरहेका बार व्यवसायीमाथि धरपकड गरेको हेर्नुहोस् तस्बिरहरू