नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य छ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै गरेको बन्द उपत्यकाबाहिर केही ठाउँमा प्रभाव देखिए पनि काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य छ।
मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा सार्वजनिक सवारीहरू चलिरहेका छन्। यद्यपी पहिलेको तुलनामा केही कम चलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटनासमेत नभएको प्रहरीले जानकारी दिएको छ।
हेर्नुहोस् तस्बिरमा