एमसिसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
एमसिसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारूढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरू सहितका प्रर्दशनकारीहरूले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गरेको थियो।
त्यसक्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरूले एमसिसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरूको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारूढ दलहरूले एमसिसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन्।
सत्तारूढ प्रमुख घटक नेपाली काँग्रेस भने एमसिसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेको छ।
हेर्नुहोस् तस्बिरहरू