प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएपछि नयाँ बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ।
प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गरेपछि त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडपसमेत भइरहेको छ।
प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्ने पानीको फोहरा र अश्रु ग्याँससमेत प्रहार गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार नयाँ बानेश्वर क्षेत्र यतिबेला तनावग्रस्त बनेको छ।