नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको शव यात्रा गरी आइतबार अन्त्येष्टि गरिएको छ।
प्रखर समाजवादी चिन्तक गिरिको ७५ वर्षको उमेरमा शनिबार राती साढे नौं बजे ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
गिरिको पार्थिव शरीरमा छोरा सन्तोष सिलवाल गिरीले दागबत्ती दिएका थिए।
यसअघि कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको उनको पार्थिक शरीरमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाइ सम्मान गरेका थिए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेका थियो।
यसअघि मेडिसिटी अस्पतालमा पनि पुगेर विभिन्न राजनीतिक दलका नेताहरुले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेपाली राजनीतिमा बौद्धिक नेताको पहिचान बनाउन भएका नेता गिरि घाँटीको क्यान्सरबाट पीडित थिए।
हेर्नुहोस् तस्बिरहरू