प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अन्तिम चुनावी नतिजा आइसकेको छ। अब केही दिनमा समानुपातिकतर्फको पनि सिट बाँडफाँट हुन्छ। यसैबीच नयाँ सरकार बनाउने कसरत सुरू भएको छ।
आगामी ५ वर्षका लागि देशभरबाट प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना प्रतिनिधिसभा सदस्यले संघीय संसदको ढोका खुला गर्नेछन्।
सांसदहरू निर्वाचित भएर संसद भवन प्रवेश गर्नुअघि संघीय संसद भवन सजाउने काम भइरहेको छ। संसद भवनभित्रका बिग्रिएका कुर्सीहरू निर्माणदेखि रंगरोगनसम्मका कामहरु भइरहेको संसद सचिवालयले जनाएको छ।
हेर्नुहोस् संसद भवनमा काम भइरहँदाका केही तस्बिरहरूः