नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
सोमबार प्रधानमन्त्री दाहाललाई शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।
अध्यक्ष दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
त्यस्तै मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
८ सदस्यीय मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्रीमा नेकपा (माओवादी केन्द्र)मा श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रीको शपथ लिएका हुन्।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले शपथ लिए पनि मन्त्रालय भने तोकिएको छैन।
राष्ट्रपति भवन शीतलनिवासमा भएको शपथग्रहणमा प्रधानमन्त्री दाहालपछि त्रयः उपप्रधानमन्त्रीर त्यसपछि मन्त्रीहरुले शपथग्रहण गरेका थिए।
शपथ ग्रहणका लागि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक दौरा सुरूवालमा शितल निवास पुगेका थिए।
हेर्नुहोस् तस्बिरहरू