बलात्कारपछि हत्या भएका दुई किशोरीको सम्झनामा आज माइतीघर मण्डलामा दिप प्रज्वलन गरिएको छ।
अनेरास्वबियुले माइतीघर मण्डलामा बुधबार साँझ दुई किशोरीको सम्झनामा दिप प्रज्वलन गरेको हो।
२०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि उखुबारीमा शव फेला परेको थियो। त्यस्तै असोज ७ गते बझाङकी १२ वर्षीया सम्झनाको मन्दिर परिसरमा शव भेटिएको थियो।
सम्झनाको पनि बलात्कारपछि हत्या भएको खुलेको छ। निर्मलाको हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् भने सम्झनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ परेका राजेन्द्र बोहोराले हत्या गरेको स्वीकारिसकेको प्रहरीको दावी छ।