संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांका नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौं पठाइएको छ।
सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथांका नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए।
पक्राउ परेका चिनियाँ नागरिकलाई बिहीबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको प्रनाउ गोदारले बताए।
निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो।
उनी किमाथांका नाका किन आएका भन्ने खुल्न सकेको छैन।
किमाथांकाबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए।
उनी रसुवागडी नाका हुँदै किमाथांका पुगेको प्रहरीले जनाएको छ।