प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जबरजस्ती करणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो।
उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले भदैसवारलाई सेवाग्राहीबाट नौ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रवक्ता दाहालका अनुसार भदैसवारलाई घुस लिएको रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।