हामी सेतोपाटी फोटो टिम आज असोज १७ गतेबाट प्रत्येक साता देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा असोज १० देखि १६ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
तस्बिरहरू:

सरकारले कालिमाटी तरकारी बजारबाट नियन्त्रणमा लिएको १४,६०० किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरिँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
भक्तपुरको तौमडीमा चंगा उडाउँदै बालकहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
त्रिभुवन विमानस्थलस्थित आन्तरिक उडान कक्षबाट एक बिरामी वृद्धालाई एम्बुलेन्समा लगिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी
कलंकीस्थित एक गोदाममा उपभाेग्य म्याद सकिएको र त्यसैमा नयाँ मिति हालिएको स्निकर्स चक्लेट। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रहरीद्वारा कलंकीस्थित एक गोदाममा बिहीबार छापा मारी उपभोग्य मिति सकिएको स्निकर्स चक्लेट, ट्याङ जुस पाउडर, प्रिङ्गल्स चिप्स, ओरियो बिस्कुट लगायतमा नयाँ मिति हालेर बेच्ने रोनक बोथ्रालाई नियन्त्रण लिइँदै। उनी भारतस्थित राजस्थान घर भई बाफल बस्छन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी
सरकारले दसैं-तिहारलाई लक्ष्य गरेर थापाथलीमा बिहीबारबाट सुरू गरेको सुपथ मूल्य पसल। पसलमा उपभोक्ताको चहलपहल भने कमै देखिन्छ। तस्बिरः निशा भण्डारी/सेतोपाटी
बलात्कारपछि हत्या गरिएका दुई किशोरी कञ्चनपुरकी १३ वर्षीया निर्मला र बझाङकी १२ वर्षीया सम्झनाको नाममा बुधबार साँझ माइतीघर मण्डलमा दीप प्रज्वलन गरिँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा आयोजित प्रदर्शन। तस्बिरः निशा भण्डारी/सेतोपाटी
रानीपोखरी मन्दिरमा बिहीबार ३३ तोला सुन लेपन गरिएको गजुर हालेपछि सेल्फी खिच्दै कालिगढ। रानीपोखरीको पुनर्निर्माण साढे पाँच वर्षपछि सकिएको हो। तस्बिरः नारायण महर्जन/सेतोपाटी
डा. गोविन्द केसीको समर्थनमा बुधबार पाटनको मंगलबजारमा नाटक प्रदर्शन गर्दै नाट्यकर्मी घिमिरे युवराज। तस्बिरः निशा भण्डारी/सेतोपाटी
काठमाडौंको चन्द्रागिरी नगरपालिका-७, महादेवस्थान थानकोटको प्रभात माध्यमिक विद्यालयमा मास्क लगाएर पढ्न आएका कक्षा २ का विद्यार्थी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पाटनको 'गोल्डेन टेम्पल' मा सुनको अक्षरले बौद्ध ग्रन्थ प्रज्ञापारमिता लेखिँदै। तस्बिर: नारायण महर्जन/सेतोपाटी