तिहार बेला रंगीविरंगी बिजुली बत्ती होइन, पालाचा (दीयो) मा तेल राखेर रूवाको बत्ती बाल्ने चलन बढी छ।
यही परम्परागत चलनले भक्तपुरको पोटरी स्क्वायरमा तिहारको समयमा माटोको दीयो बनाउनेहरूलाई भ्याइनभ्याई हुन्थ्यो।
यो पटक भने माटाका भाँडा बनाउने व्यवसायीहरूले लकडाउनकै समयमा दीयो बनाइसकेका रहेछन्।
त्यसैकारण, तिहारलाई चाहिने दीयोभन्दा मट्का कप, भाँडाहरू नै बढी बनाइरहेका भेटिए।
पछिल्लो समय माटाका कप, भाँडाहरू होटल, रेष्टुरेन्टहरूले बढी मात्रामा अर्डर गर्न थालेको व्यवसायीहरू बताउँछन्।
घर सिंगार गर्न कसैकसैले झिलिमिली बाले पनि पूजा गर्न दीयो नभई हुँदैन।
दीयोको प्रयोग अरूबेला भन्दा तिहारमा बढी खपत हुने गरेको छ। त्यही भएर बजारमा जतिसुकै झिलिमिली बत्ती आए पनि दीयोको माग नघट्ने व्यवसायीहरू बताउँछन्।
यो यस्तो परम्परा हो, जसको ठाउँ आधुनिक बत्तीले लिनै नसक्ने उनीहरूको भनाइ छ।
तस्बिरहरू :