नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन्।
सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार नयाँ बानेश्वरदेखि माइतिघरमण्डलासम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन्।
जुलुशमा सहभागीले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छलगायत प्लेकार्डहरु बोकेका थिए। सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए।
हेर्नुहोस् तस्बिरमा