वसन्त ऋतुको आगमनसँगै मुलुकको संघीय राजधानी काठमाडौंका सडकमा रोपिएका रूखमा ढकमक्क फूल फूलेका छन्।
विशेष गरी सिनामंगल-एयरपोर्ट सडकखण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका किनारतिर ढकमक्क फूलहरू फुलेका छन्। कतिपयले यसलाई आरू त कतिपयले चेरीको फूल भन्ने गरेको स्थानीय बताउँछन्।
ढकमक्क फूलले सहरको सुन्दरता बढाएसँगै फूलको दृश्य आफ्नो क्यामरामा कैद गर्नेहरू धेरै देखिन्छन्।
हेर्नुहोस् केही तस्बिरहरू