काठमाडौंको कीर्तिपुर चोभारस्थित जलविनायक मन्दिर परिसरमा अरू ठाउँको भन्दा छुट्टै किसिमले होली मनाइएको छ।
कोरोना महामारी कायमै रहेकोले पहिलेका वर्षहरूको रौनक यसपालि भने देखिएन।
कीर्तिपुर, नगाँउ, पागाँ, चोभार र नजिकका टोल तथा समूह मिलेर बाजागाजासहित बुधबार पूजा गर्दै एक आपसमा खुसीयाली मनाइरहेका थिए।
बसन्त ऋतुको आगमनसँगै फागुको दिन हरियाली हुने र रंगी चङ्गी फूलहरू फुल्ने हुनाले विशेष गरी फागुको दिन स्वःपूजा अथात् सरस्वती पूजा गरि नेवारी समुदायले भव्य रूपमा होली मनाउँछन्।
नेवारी समुदायले फागुको आगमनसँगै नजिकमा रहेको मन्दिरमा बाजासहित पूजा गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ।
हेर्नुहोस् तस्बिरमा यस्तो रह्यो होली