आज राष्ट्रिय धान दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। यसैबीच भक्तपुरमा पनि रोपाइँ महोत्सव आयोजना गरियो।
नलिन्चोकस्थित फाँटमा आयोजित रोपाइँ महोत्सवमा स्थानीय बासिन्दाले धान रोप्नेसँगै हिलो खेलेर रमाइलो गरेका छन्।
कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन्।
आर्थिक बर्ष २०७७÷७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।