आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज। पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा रातो साडीमा सजिएका महिलाहरुको भीड बाक्लै हुने गर्छ। बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। यद्यपी आज तीजका अवसरमा पनि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छैन।
कोरोनाभाइरस महामारी कायमै रहेको भन्दै भक्तजनलाई पशुपतिनाथ मन्दिर परिसरमा जान दिइएको छैन। भक्तजनहरू भने बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि पुगेका थिए।
मन्दिर परिसरमा जान नपाएपछि भक्तजनहरू बाहिरैबाट दर्शन गरेर फर्केका छन्।
महानगरीय प्रहरी वृत्त गौशलाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले भक्तजनलाई मन्दिर परिसर बाहिरबाटै दर्शन गर्न दिइएको बताए।
हेर्नुहोस् तस्बिरहरू