प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरू हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरू गरिँदैछ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो।
चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
सोह्र श्राद्ध सुरू भएसँगै पशुपतिस्थित आर्यघाट, गोकर्णलगायत विभिन्न घाट, कुण्ड र तर्थस्थलमा श्राद्ध गरी पिण्डदान गर्नेहरूको घुइँचो लागेको छ। यहाँ गोकर्णमा भइरहेको श्राद्ध कर्मका केही तस्वीर समावेश गरिएको छ। हेर्नुहोस्....