कोभिड–१९ को महामारी रोकथामका लागि सरकाले लगाएको बन्दाबन्दी खुलेसँगै विस्तारै काठमाडौं लयमा फर्कदैछ।
लामो समयको बन्दाबन्दीपछि नराम्रोगरी प्रभावित बनेको जनजीवनले गति समातेको छ।
निषेधाज्ञा खुलेसँगै सबै क्षेत्र चलायमान भएइसकेा छन्। चाडबाड नजिकिएसँगै भीडभाडसमेत बढेको छ। काठमाडौंको ट्राफिक अस्तव्यस्त हुन थालेको छ। मानिसहरू पहिले जस्तै घन्टौं लामो जाममा बस्न बाध्य भइसकेका छन्।
यद्यपी काठमाडौंको आकाश भने खुलेको छ। आकाश खुलेसँगै राजधानी रमणीय बनेको छ। सरकारले बन्दाबन्दीकै बेला मर्मत तथा रंगरोगन गरेको सफा सडकमा सवारीको चाप बाक्लिएको छ। तर सडक छेउमा फुलेका फूलले सौन्दर्य बढाएका छन्।
दिनहुँजसो वर्षा भइरहेकाले आकाशमा मडारिने बादलले समेत उपत्यकाको शोभा बढाएको छ।
यस्तैमा राजधानी काठमाडौँका नयाँ बसपार्क, बालाजु, गोंगबु, सोह्रखुट्टे, स्वयम्भु, ललितपुरको जवालाखेललगायतका स्थानमा हामीले हवाई दृष्य कैद गरेका छौं।
आकाशबाट देखिएको काठमाडौँ हेर्नुहोस् तस्बिरमा।
बालाजु
नयाँ बसपार्क, काठमाडौं
महाराजगन्ज, चक्रपथ
महाराजगन्ज, चक्रपथ
.jpg)
जावलाखेल चोक, ललितपुर
झम्सिखेल, ललितपुर
धोबीघाट, चक्रपथ
सानेपा चक्रपथ
स्वयम्भु परिसर
.jpg)
.jpg)
बनस्थली
.jpg)