नेपालमा ताल नै तालको शहर भनेर गण्डकी प्रदेशको राजधानी पोखरालाई चिनिन्छ। यहाँ प्रकृतिले दिएको सुन्दर ताल-तलैया छन्। यहाँको वि शेषता नै सुन्दर छ। तर संघीय राजधानी काठमाडौँमा भने कृतिम ताल प्रशस्त देख्न पाइन्छ।
विकास निर्माणको क्रममा परेको खाल्डा खुल्डीमा बनेको ताल होस् या सवारी साधनको चापले बनेको होस्। यस्तै विविध कारणले बनेको ताल पोखरी र खाल्डा खुल्डीले संघीय राजधानी काठमाडौं साच्चै नै कुरूप तालको शहर बनेको छ।
यी यस्ता ताल पोखरी र खाल्डा खुल्डीले मानिसलाई हिँडडुल गर्न समस्या मात्र होइन थुप्रै दुर्घटनासमेत हुने गरेको छ। काठमाडौंको केही ठाउँबाहेक धेरै ठाउँमा यस्ता खाल्डा खुल्डी र पोखरी देख्न सकिन्छ। जसले शहर कुरूप मात्र होइन दुर्गन्धसमेत फैलिने गरेको छ।
अब यतिबेला चाडबाड नजिकिँदै गर्दा झनै सवारी चाप बढ्ने बेला यस्ता पानी जमेका पोखरीले दुर्घटना नबढ्ला भन्न सकिँदैन। मंगलबार काठमाडौंको चक्रपथ जहाँ विशेष सवारी चाप मानिसको चहल पहल हुन्छ त्यहाँको दुरावस्था यस्तो देखियो।