'नो ट्याक्स इन प्याड' अभियान अन्तर्गत काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरिएको छ। नेपाल टिन लिडर्सले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागीले विभिन्न नारा लगाएका प्लेकार्ड बोकेका थिए।
उनीहरूले महिनावारी सरकारलाई किन भारी?, सकिन्छ प्याड फ्री गराऊ, सकिँदैन ट्याक्स फ्री गराऊ, महिनावारी रहर होइन बाध्यता हो लगायतका प्लेकार्ड बोकेका थिए।
उनीहरूले 'फ्लास मोब' शैलीमा विरोध प्रदर्शन गरेका हुन्।