काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरु भएको छ।
बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए।
दसैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ। कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ।
कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो। यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ।
यसरी राखियो दसैंघरमा जमरा, हेर्नुहोस् तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)