आज वडादशैंको दोस्रो दिन। मानिसहरूलाई दशैंले छोपिसकेको छ। राजधानी काठमाडौंलाई कर्मथलो बनाएका मानिसहरू आ-आफ्नो घरमा परिवारसँग दशैं मनाउन फर्किने क्रम बढेको छ।
कोरोना कहरबीच पनि मानिसहरू नयाँ बसपार्क, कोटेश्वर, कलंकी, बल्खु तथा विमानस्थलमा भिड बढेको छ।
यातायात व्यवसायीका अनुसार दसैंको दोस्रो दिनसम्म ३० हजारबढीले अग्रिम टिकट लिइसकेका छन् भन हवाई सेवामा पनि ८० प्रतिशत बुकिङ भइसकेको छ।
यद्यपी पछिल्ला वर्ष जस्तो मानिसको चहलपहल यो पटक नरहेको एक यातायात ब्यवसायीले बताए। अहिले पनि गाडीमा सिट भरिएको छैन। सधैझैँ यात्रु खोज्नुपर्ने बाध्यता रहेको यातायात ब्यवसायीहरू बताउँछन्।
लामो समयको कोरोनाले कमाई राम्रो नहुँदा दसैं पनि दसैं जस्तो नभएको र औपचारिकताको लागि मात्रै दसैं मनाउन घर जानु परेको एक यात्रुले सेतोपाटीसँग भने।
सेतोपाटीले खिचेको काठमाडौंको कोटेश्वर, कलंकी र त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलको चहलपहललाई हेर्नुहोस् तस्विरहरू।