नेपालीलाई अहिले दसैंले छपक्कै छोपेको छ। विभिन्न कारणले घरदेखि टाढा पुगेकाहरू धमाधम घर फर्किरहेका छन्।
राजधानी काठमाडौंबाट गाउँ फर्किनेको लर्को छ। बसपार्कदेखि र विमानस्थलसम्म घर फर्किनेको लर्को छ।
काठमाडौं छोड्ने सवारी साधनको धेरै भएपछि अहिले मुख्य नाका नागढुंगा जाम बढेको छ। सडकमा गाडीको ताँती लागेको छ।
असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
काठमाडौं भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्। प्रहरीको अभिलेखभन्दा बाहिरबाट समेत यात्रु बाहिरिएका छन्।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिने क्रम बढिरहेका र दसैं बिदा सुरू भएपछि भने यो सङ्ख्या अझै बढ्ने बताए।
हेर्नुहोस् आकाशबाट देखिएको नागढुंगाको जाम (तस्बिरहरू)