बंगलादेशको खुलाना जिल्ला, प्शा उपजिल्लाअन्तर्गत शियाली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएको विरोधमा हिन्दु समुदायले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
शनिबार कीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो। निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड भएको भन्दै विश्व हिन्दु महासंघ, हिन्दु समुदायले शुक्रबार माइतीघर मण्डलामा मैनबत्ती बालेर प्रदर्शन गरेको छ।
यसअघि हिन्दु समुदायले घटनाको विरोध गर्दै विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएको छ।
स्थानीय अतिबादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मूर्तिहरु तोडफोड एवं नष्ट गरेको थियो ।
यसैगरी, शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो। अपराधिक घटनामा संलग्न जोकोहीलाई पनि कानून अनुसार कडा सजाय दिन उनीहरूले मागसमेत गरेका छन्।
हेर्नुहोस् तस्बिरमा