नेपालीहरूको दोस्रो महान् चाड तिहार आउन अब साता मात्र बाँकी छ।
घर-घरमा ढकमक्क फुलेका सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ। तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।
काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाई हुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।
विगत वर्षझैं यसवर्ष पनि भक्तपुरका किसानहरूले सयपत्री, गोदावरी र मखमली फूल खेती गरेका छन्। कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले केही क्षति गरेको किसानहरूले गुनासो गरेका छन्।
मखमलीको व्यवसायिक उत्पादन काठमाडौं उपत्यकका इचंगुनारायण, गुण्डु, गोदावरीका साथै कैलाली, पाल्पा, धादिङ र इलाममा हुँदै आएको छ।
नेपालमा सयपत्री आयात गरिए पनि तिहारमा मखमली भने निर्यात हुँदै आएको छ। नेपालीहरू बस्ने अष्ट्रेलिया, युरोप लगायत खाडीका केही देशमा मखमली माला निर्यात हुँदै आएको छ।
तस्बिरमा हेर्नुस् भक्तपुरको गुन्डुमा ढकमक्क फुलेका मखमली :