आजदेखि फूलैफूलको पर्व तिहार सुरू भएको छ। घर-घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थप्छ।
तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु-भाइ पूजा गर्न, सयपत्री-मखमली फूल नै प्रिय मानिन्छन्।
काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, पर्सिपल्ट गाईहुँदै गोवर्द्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग हुन्छ।
आधा दशकअघिसम्म गाउँ–गाउँमा सयपत्री ढकमक्क हुन्थ्यो। त्यसयता सयपत्री यतिसम्म मासिएको थियो कि, तिहारमासमेत भारतीय गाउँहरूबाट फूल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता छ। तर राजधानी आसपासकै केही स्थानमा व्यवसायिक फूल खेती गर्दै राजधानीबासीको मागलाई केही हदसम्म राहत दिएका छन्।
काठमाडौंको इचंगुका स्थानीयले सयपत्री र मखमली फूलको व्यवसायिक खेती गरेका छन्। फूल बेचेरै तिहारको सिजनमा लाख रुपैयाँसम्म कमाउने किसान खोज्न अब टाढा जानुपर्दैन।
हेर्नुहोस्, तस्बिरमा