तिहार झिलिमिली बत्तीको पर्व हो। यो बेला दियो र बिजुलीबत्ती बालेर घर उज्यालो पारिन्छ। व्यावसायिक प्रतिष्ठान तथा सार्वजनिक स्थलमा समेत रंगीविरंगी बिजुलीबत्ती बालेर परिसर प्रकाशमय बनाइन्छ।
तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ। त्यसमा पनि आज लक्ष्मीपूजाको दिन बिजुलीबत्तीको प्रकाशले सहर नै झिलिमिली देखिन्छ। यसै सन्दर्भमा सेतोपाटीका फोटो पत्रकार नवीनबाबु गुरूङले काठमाडौंका विभिन्न स्थानबाट झिलिमिली उज्यालोको तस्बिर खिचेका छन्।
हेर्नुहोस् यस्तो देखियो तिहारको झिलिमिली काठमाडौं: