हरेक वर्ष भाइटीकाका दिन खुल्ने रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज व्यापक घुइँचो लागेको छ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माणपछि दोस्रोपटक खुला गरिएको हो। यसअघि अघिल्लो वर्ष पनि भाइटीका बेला मन्दिर खुला गरिएको थियो।
दिदीबहिनी नभएका दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनी र घर गएर टीका लगाउन नपाएकाहरू पनि रानीपोखरीमा पुगेर दर्शन गर्नुका साथै टीका लगाउँछन्।
मल्कालीन रानीपोखरीसम्बन्धी स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्: प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह
हेर्नुहोस् तस्बिरहरू: