आज छठ पर्वको मुख्य दिन।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। काठमाडौंका नदी किनारमा बेहुलीझैं सिंगारेर छठ घाट बनाइएको छ।
यसै अवसरमा कुपण्डोलस्थित बागमती नदी किनारमा सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको छ। उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा मन्त्री पम्फा भुसाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरी मनाइएको छ।
उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन्।
रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ।
छठ पर्व मनाएमा मनोकांक्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।
तस्बिरमा हेर्नुस्: