आज हरिबोधनी एकादशी मनाइएको छ।
कार्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने गरिन्छ।
घरघरमा पूजा गरेर तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ।
कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। तुलसीको पूजा गरेको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।
तस्बिरहरू: