हरिबोधनी एकादशीको अवसरमा सोमबार पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ। हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका छन्। भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरेर तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका हुन्।
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।
हेर्नुहोस् तस्बिरमा