नेपालका किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौंलगायत देशभर आज मनाइँदै छ।
नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रूपमा रहेको उधौली पर्व देशभर पूजाआजा गरि मनाइँदैछ।
मुलरूपमा यी जातजातिले आ-आफ्नो पुर्खौली थलोमा उधौली पर्व मनाउने गरे पनि पछिल्लो समय विभिन्न शहरमा पनि मनाउन थालिएको छ। आइतबार किराती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरेका उधौली पर्व मनाएका छन्।
यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पूजाआजा गर्ने गरेका छन् । खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राईले बताए।
हेर्नुहोस् तस्बिरहरू