२०७२ सालको महाभुकम्पबाट ध्वस्त भएको काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको पुननिर्माणले तीब्रता पाएको छ ।
हनुमानढोकास्थित नौतले दरबारको पुननिर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । यसको पुननिर्माणमा चीनले सहयोग गरेको हो ।
यस्तै अमेरिकाको सहयोगमा ऐतिहासिक हनुमान ढोकाको गद्धी बैठक भवन निर्माण सम्पन्न भइसकेको छ।
बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ ।
यहाँ घुम्नका लागि दैनिक हजारौंको संख्यामा विदेशी पर्यटकहरु आउने गर्थे तर पछिल्लो समय कोरोनाको संक्रमणका कारण बाह्य पर्यटकको संख्यामा कमि आए पनि आन्तरिक पर्यटकले बसन्तपुर भरिभराउ हुन्छ।
काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो क्षेत्रमा भिडभाड धेरै हुने गर्छ । विशेषगरि साँझको समयमा बसन्तपुर क्षेत्रमा भिडभाड धेरै हुने गरेको छ।
हामीले ड्रोनबाट बसन्तपुर क्षेत्रलाई कैद गरेका छौ। हेर्नुहोस् तस्बिरमा