नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले भोलिसम्म काठमाडौं उपत्यकामा धुम्म रहने मौसमविद्ले बताएका छन्।
मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सी शनिबारबाट सफा हुनेछ।
‘मौसममा दैनिक सुधार हुँदै आएको छ। हिजोभन्दा आज कम हुन्छ, आजभन्दा भोलि कम र शनिबारदेखि मौसम सफा हुने देखिन्छ’, नगरकोटीले सेतोपाटीसँग भनिन्।
काठमाडौं उपत्यकामा अहिले घाम लागे पनि दिउँसोतिर बदली हुनेछ। ‘बिहान घाम लागे पनि दिउँसोतिर बदली हुनेछ, साँझ तिर छिटपुट वर्षासमेत हुने देखिएको छ’, मौसमविद् नगरकोटीले भनिन्।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
हेर्नुस् धुम्मिएको काठमाडौं तस्बिरहरू