ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीको १२ वर्षे मकर मेलाको आज अन्तिम दिन।
१२ वर्षमा एक पटकमात्र लाग्ने भएकोले आज पनौतीमा भक्तजनहरूको घुइँचो छ।
मेला हेर्नका लागि टाढा टाढाबाट मानिसहरू आएका छन्। आज अन्तिम दिन भएकोले गर्दा नै बनेपादेखि नै जाम छ। मानिसहरू पैदल हिँडेर नै मेला हेर्न जाँदैछन्।
मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो।
जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ। हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती छ।
तस्बिरहरू: