वर्ष २०७८ मा नेपालको राजनीति पूरै अस्थिर रह्यो। केन्द्रीयदेखि प्रदेश सरकारहरू परिवर्तन भए। ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्ने नयाँ सरकार गठनसम्मका गतिविधि भयो।
नेकपा विघटन भयो, माओवादी केन्द्र छुट्टियो। वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत पार्टी नेतृत्व केपी ओलीसँगको प्रवृत्तिगत मतभेदका कारण अलग भए।
मधेस केन्द्रित राजनीति गर्दै आएको जनता समाजवादी पार्टी पनि फुट्यो। जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्यो।
परम्परावादी राजनीतिक शक्ति भनिएको राप्रपा पनि यसै वर्ष फुट्यो । हिन्दु धर्मको पवित्र ग्रन्थ गीता छोएर कसम खाएका कमल थापा पार्टी महाधिवेशनमा प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपाबाट अलग भए।
राष्ट्रियसभामा निर्वाचनमा १९ सिटमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सम्झौता भयो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्ध गठबन्धनका सांसदहरूबाट अविश्वास प्रस्ताव दर्ता भयो।
आर्थिक संकट बेहोरिरहेकै बेला गभर्नर महाप्रसाद अधिकारी हटाइएका छन्।
नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म रेल चल्यो। नागढुंगा सुरूङ मार्ग तीव्र रूपमा अगाडि बढ्यो। धरहराको पुनर्निर्माण सम्पन्न भयो। २ वर्षदेखि हुन नसकेको महाशिवरात्रि मेला धुमधामले लाग्यो।
हेर्नुहोस् केही तस्बिरहरू