आज मे १ । विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईदैछ। विश्वभरका मजदुरले आजको दिनलाई विशेष पर्वको रूपमा लिन्छन्।
यसैगरि श्रमिकको हक हित र विभिन्न अधिकारको सुनिश्चताको लागि भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले विभिन्न कार्यक्रम गरि यो दिवस मनाउने गरेका छन्।
श्रमिकको नाममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न कार्यक्रमसमेत ल्याउँछन् तर वास्तविक श्रमिक यसबारे बेखबर हुन्छन्।
राजधानी काठमाडौंकै सडकमा यस्ता बेखबर थुप्रै श्रमिकहरु भेटिन्छन्।
काठमाडौंको नयाँसडकमा भेटिएका एक श्रमिकले यस्ता दिवसबारे आफूहरू अनविज्ञ रहेको प्रतिक्रिया दिए। ‘हामीलाई काम र पैसा आउने मेलो भए पुग्छ,’ उनले भने।
भारी बोकेर आफ्नो दैनिकी चलाइरहेका उनलाई श्रमिक दिवसको न मतलव छ, न महत्वबारे नै ज्ञान छ।
केही श्रम गरेर गुजारा चलाउने श्रमिकको वास्तविक चित्र आज हामीले प्रस्तुत गरेका छौं। हेर्नुहोस् तस्बिरहरू
बागमती किनार छेउमा पर्खाल लगाउँदै गरेका श्रमिक।
काठमाडौंको ताहाचलको सडक किनारमा ठेलामा निदाईरहेका एक श्रमिक। उनी श्रम गरेर आफ्नो थकान आफ्नै ठेलामा मेटाउँछन्।
काठमाडौंको न्युरोडमा गाडीबाट समान बोक्दै एक जना श्रमिक।
बसन्तपुर क्षेत्रमा आफ्नो रिक्सामा ठूला ठूला ड्रम राखेर गन्तव्यमा पुर्याउँदै एक श्रमिक।
बसन्तपुर क्षेत्रमा आफ्नो काम गर्ने यन्त्रसहित आराम गर्दै गरेको एक श्रमिक
तलेजु मन्दिर अगाडि ठेलामा सामान राखेर गन्तब्यमा पुर्याउँदै एक श्रमिक
पशुपति आर्यघाटमा फोहोर ब्यवस्थापनमा जुटेका श्रमिकहरू
काठमाडौंको छाउनी क्षेत्रमा सडक मर्मतको काम गर्दै गरेका श्रमिकहरू
काठमाडौंको छाउनी क्षेत्रमा तरकारी बेच्न ठेला ठेल्दै हिँडेका साना व्यापारी
काठमाडौंको कालिमाटीमा फोहोर ब्यवस्थापनमा खटिएका श्रमिकहरू
काठमाडौंको बसन्तपुरमा निर्माणाधीन मन्दिरको छाना छाउने काम मा खटिँदै गरेका श्रमिकहरू
काठमाडौंको डल्लुमा गाडी बनाउने ग्यारेजमा काम गर्दै गरेका एक जना श्रमिक