काठमाडौंका सडकमा कार्यालय समयका बेला लामो जाम हुनु सामान्य नै भइसक्यो। कुनै ठाउँमा सडक अवरूद्ध हुँदा त उपत्यकाभरिकै ट्राफिक आवातजावत प्रभावित हुन्छ।
बुधबार दिउँसो र राति परेको पानीका कारण काठमाडौंका केही सडकमा पानी जमेको छ। साना तथा करिडोरका बाटामा समस्या भएपछि मुख्य सडकमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ।
बिहीबार बिहान ललितपुरदेखि काठमाडौं प्रवेश गर्ने थापाथलीमा ललितपुरतिरको सडकमा सवारीको लाम लागेको थियो।
हेर्नुस् तस्बिरहरू: