राजधानीको खुलामञ्चमा मगर समुदायले भूमे/भूम्या पर्व मनाइँदै छन्। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भइरहेको पर्व भोलिसम्म हुनेछ।
मगर समुदायले यो पर्व प्रकृतिको पूजा गरेर मनाउने गर्छन्। प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन छ।
विशेष गरी अथार मगरात क्षेत्रमा मनाइने भूमे/भुम्या पर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत विदेशमा पनि मगर समुदायले धुमधामसाथ मनाउने गर्छन्।
मगर समुदायमा यो पर्वलाई नयाँ आर्थिक वर्षको सुरुवात, सत्ता परिवर्तन, जनगणना गर्ने र युवा युवतीले प्रेम साट्ने समयको रूपमा समेत मनाउने गरिन्छ।
हेर्नुहोस् तस्बिरहरू